लिफ्टमा टाउकाे चेपिएर १९ वर्षीय युवकको मृत्यु

लिफ्टमा टाउकाे चेपिएर १९ वर्षीय युवकको मृत्यु

cargo-liift

प्रतिकात्मक तस्वीर

पोखरा । लिफ्टमा टाउकाे चेपिएर सुनसरीमा एक जना युवाकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

सुनसरी जिल्लाकाे दुहबी नगरपालिका ८ फुटानी चोक स्थित पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको हाे ।

मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तलामाथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds