मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव निर्णयार्थ हुने बेला बैठकमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफ्नो पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको प्रष्ट गरेका छन् । अस्पतालको शैयाबाट प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको प्रष्ट पारेका हुन् ।
संसदमा अनुपस्थित भएर अस्पताल भर्ना भएका उनलाई चरक अस्पतालले कोभिड संक्रमण भएर आइसियूमा उपचार गनुपरेको भनेको छ । अरुले भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको आरोप लगाएका छन् ।
‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै छ,’ सांसद शाहीले भनेका छन्, ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरी दिनु हुन म सम्पूर्ण दाजुभाइ दिदीबहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहन्छु ।’
सांसदले हस्ताक्षर गरी स्वकीय सचिव मिलन हमालद्वारा सार्वजनिक विज्ञप्ति यस्तो छ:

महासचिव भट्ट पाेखरा आउँदै
राष्ट्रिय जनमाेर्चाका महासचिव मनाेज भट्ट पाेखरा आउँदैछन् । शाही सम्बन्धमा छानविन गर्न पार्टीले समिति बनाएको छ र सो समितिको जिम्मेवारी महासचिव भट्टलाई परेको छ । समितिले दिएको प्रतिवेदनका आधारमा सांसद शाहीमाथि कस्तो कारवाही प्रक्रिया अघि बढाउने भन्ने निर्क्यौल हुनेछ ।
यिनै महासचिव भट्ट पाेखरा आएर आफ्ना सांसद कृष्ण थापालाई अविश्वासकाे पक्षमा मतदान गर्न सहमत गराएर काठमाण्डाैं फर्केका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु