कोरोना भाइरसको दोस्रो लहरले भयावह अवस्था ल्याएपछि अहिलेसम्म देशका २३ जिल्लामा निषेधाज्ञा जारी भएको छ। कोरोना संक्रमणको चेन ब्रेक गर्ने योजनासहित सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले धमाधम निषेधाज्ञा जारी गरेका हुन्।
देशका ७७ वटै जिल्लामा कोरोनाको दोस्रो लहर पुगिसकेको छ। ५ सय बढी संक्रमित भएका जिल्लाको संख्या पनि १५ पुग्न लागेको छ। संकट बढ्दै गएपछि विस्तारै विस्तारै पूरै देश नै लकडाउनतर्फ गइरहेको छ।
सरकारले कोभिड-१९ को सङ्क्रमण हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। गृह मन्त्रालयका अनुसार शुक्रबारसम्मको विवरणमा २३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जसमा १९ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ।
केही जिल्लामा आंशिक र धेरै जिल्लामा फरकफरक तर कडा आदेश जारी गरिएको छ । आदेश जारी भएका जिल्लामध्ये एउटामा वैशाख १८ र अन्य तीनमा १९ गतेदेखि निषेधाज्ञा लागू हुनेछ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम निषेधाज्ञा लगाउन सक्ने अधिकारी प्रजिअलाई दिएको छ। पहाडी-हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित पुगेपछि जिल्लाभर वा निश्चित क्षेत्र तोकेर प्रजिअले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार पाएका छन्।
त्यही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा निषेधाज्ञा जारी भइसकेको छ। कालीकोट, बागलुङ, बर्दिया र दार्चुलामा आंशिक आदेश जारी भइसकेको छ।
जाजरकोटमा यही वैशाख १८ गते रातिदेखि, सल्यान र डडेलधुरामा १९ गते बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुनेछ। उता झापामा १९ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।
आदेश जारी भएकामध्ये कास्की, सुनसरी र झापामा सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ। गृह प्रवक्ता जनकराज दाहालले आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’