काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने भएका छन्। बालुवाटार निकट स्रोतका अनुसार सोमबार मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन छिटै बोलाउन र विश्वासको मत लिने मन्त्रीहरुलाई जानकारी गराएका छन्।
प्रधानमन्त्री ओलीले विहान नेकपा एमालेमा आफ्नो पक्षको स्थायी कमिटीको बैठक बोलाए, लगतै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । दिउँसो मन्त्रिपरिषद् बैठक बोलाए र, फेरि राष्ट्रपति निवास पुगे ।
दौडधुपको निष्कर्षका रुपमा राष्ट्रपति कार्यालयबाट साँझ वक्तव्य आयोः– प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख २७ गते अपराह्न १ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान ।
एमाले र माओवादी छुट्टा छुट्टै रुपमा क्रियाशील भएसँगै प्रधानमन्त्री ओलीको सरकार गठबन्धन सरकारमा परिणत भइसकेको छ। र सरकारलाई समर्थन दिइरहेको माओवादी केन्द्रले राजीनामा मागिरहेको छ। तर, उसले समर्थन फिर्ताको पत्र भने लेखेको छैन।
यस्तो राजनीतिक गतिरोध कायम रहेका बेला प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्ने भएका हुन्। तर, सो प्रस्ताव संसदमा अधिवेशन शुरु भएपछि दर्ता हुनेछ।
पुग्छ त बहुमत ?
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन्। ती मध्ये पनि ४ जना निलम्बित अवस्थामा छन्। निलम्बित सांसदले मतदान गर्न पाउँदैनन्।
तर, कुल संख्यामा उनीहरुको पनि गणना भने हुन्छ। त्यसैले हाल प्रतिनिधिसभा २७१ सदस्यीय कायम छ। सरकारलाई बहुमतका लागि १३६ सिट आवश्यक पर्छ। हाल एमालेसँग १२१ सिट छ। नेपाली कांग्रेसका ६१ (निलम्बनमा रहेका दुई सांसदबाहेक), नेकपा माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टी (जसपा)का ३२ (निलम्बनमा रहेका दुई सांसद बाहेक) सांसद छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक-एक सांसद छन् ।
बहुमतका लागि एमालेलाई अझै कम्तिमा १५ सिट आवश्यक पर्छ। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षसँग सरकारले निरन्तर वार्ता गरिरहेको छ। त्यसैले सो समूहले प्रधानमन्त्री ओलीको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना छ।
तर, जसपाको अर्को समूह उपेन्द्र यादप पक्ष भने ओलीको जसरी पनि विकल्प खोज्नुपर्ने लाइनमा उभिएको छ। त्यसैले प्रधानमन्त्री ओलीले संसदमा राख्ने विश्वासको मत सफल वा असफल जे पनि हुन सक्ने वर्तमान अवस्था छ। त्यसमाथि एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव नेपाल समूहको भूमिका झनै महत्वपूर्ण हुने देखिएको छ।
सम्बन्धित खबर
विपक्षीसँगै उठे रास्वपाका अमरेश सिंह, भने- देश ठूलो दुर्घटनातिर जाँदै छ
‘सरकारमा बस्नेले आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय अगाडि अवैधानिक पार्किङ गरायो’
‘प्रधानमन्त्री मेयर हुँदा सिंहदरबार जलाइदिन्छु भन्नुभयो जल्यो, भोलि सीमा मिचिने त होइन ?’
मिडिया गेटमा गाडी तेर्साएर अवरोध प्रकरणमा रविले भने- दोषी आफ्नै कार्यकर्ता परे पनि छाड्दैनौं
गगन थापाले भने– राज्यसँग जवाफ माग्न पुगेका युवामाथि कुटपिट गर्नु अत्यन्तै चिन्ताजनक र लज्जास्पद !
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ