पोखराका व्यवसायी तथा समाजसेवी व्यक्तित्व कृष्णमान गुभाजुको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको ६१ वर्षको उमेरमा बिहीबार दिउँसो भक्तपुर इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।
धर्मशिला बुद्ध बिहार पोखरा दायक सभाका निवर्तमान अध्यक्ष, धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका कोषाध्यक्ष एवं पोखरास्थित कृष कञ्चन ज्वेलर्सका सञ्चालक गुभाजुलाई गत वैशाख १५ गते कोरोना पुष्टि भएको थियो ।
उनले नै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वैशाख साँझ १० गतेदेखि ज्वरो आएको र १५ गते बुधबार पीसीआर चेक गर्दा पोजिटिभ आएको उल्लेख गरेका थिए ।

उनी सामाजिक कार्यमा उत्तिकै सक्रिय थिए । गुभाजु रोटरी क्लव अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष, वर्ल्ड पिस प्यागोडा कमिटीका सचिव, छुनुमुनु पव्लिकशेनका निर्देशक, नेपाल सुनचाँदी डिलर एशोसिएशनका सल्लाहकारसमेत हुन् ।
गुभाजुले राम्रो उपचार नपाएका कारण अल्पायूमै अस्ताउनुपरेको उनका निकट मित्र राजनीतिक विश्लेषक विश्व सिग्देल जनाउँछन् । सिग्देलले सामाजिक सञ्जालमा लेखेका छन्: ‘मलाई आज मेरो अत्यन्त प्रिय मित्रको दुःखद निधन सुन्नु परेको छ । हिजो बेलुकासम्म उनी काठमाण्डौका अस्पतालहरुमा बेड खोज्दै भौंतारिएका थिए । उपचार नपाएर मर्नु भनेको कोभिड जिम्मेवार हैन, सरकार जिम्मेवार हो ।’

कवि तीर्थ श्रेष्ठले लेखेका छन्ः

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु