नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ सुनार मन्दी टोलमा बस्ने तीन दाजुभाइमध्ये कान्छो भाइ ४२ वर्षीय जहिर अहमदको बुधबार बेलुका ७ बजेतिर, ५४ वर्षीय राइँलो एजाज अहमदको बिहीबार बेलुका ७ बजेतिर र काइँलो इम्तियाज अहमदको शुक्रबार बिहान साढे १० बजेतिर मृत्यु भएको छ।
उनीहरु तीनै जना दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपालगञ्ज ३ का वडाध्यक्ष महोमद अयुब शिद्धिकीले सेतोपाटीलाई बताए।
‘उहाँहरु सबै संगालमा बस्दै आएनु भएको थियो,’ वडाध्यक्ष शिद्धिकीले भने ‘सात दाजुभाइमध्ये तीन दाजुभाइको मृत्यु भएपछि अब चार दाजु भाइ छन्।’ मृतक तीन दाजुभाइले नेपालगञ्जमा रंगरोगनको काम गर्दै आएको वडाध्यक्ष शिद्धिकीले बताए।
‘कोरोना संक्रमित तीन दाजुभाइको भेरी अस्पतालमा उपचारका क्रममा तीन दिनको अवधिमा मृत्यु भएको घटनाले नेपालगञ्जबासी स्तब्ध छन्,’ शिद्धिकीले भने। उनले इम्तियाजकी श्रीमती पनि बिरामी रहेको बताए।
‘उहाँको अवस्था गम्भीर रहेको हुँदा आज नै घरमै अक्सिजन सिलिण्डर पुर्याउन मैले भूमिका खेलेको हो,’ वडाध्यक्ष शिद्धिकीले भने।
अहमदहरु ठूलो परिवारमा बस्दै आएको र बृद्ध बाबु आमा पनि सँगै रहेको उनले जानकारी दिए।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख