काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएको हो ।
शुक्रबार प्रधानमन्त्री ओलीको पिसिआर परीक्षणको स्वाब संकलन गरिएको थियो बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १ सय भन्दा बढीको पिसिआर जाँच गरिएको थियो ।
२८ जना सांसदलाई काेराेना
संघीय संसदका २८ जना सांसदलाई काेराेना संक्रमण भएकाे छ । २७ गते बस्ने संसदकाे विशेष अधिवेशन अघि गरिएकाे पिसिआर टेष्ट गर्दा १९ जनाकाे पाेजिटिभ आएकाे हाे । यसअघि ९ जनामा संक्रमण पुष्टि भैसकेकाे थियाे ।
सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।
पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । यसअघि नौ सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो ।
पछिल्लो नतिजासँगै कोरोनाबाट संक्रमित हुने सांसद २८ पुगेका छन् । सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत एक हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पोजिटिभ नतिजा प्राप्त भएको जनाइएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने