बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको कोरानाका कारण मृत्यु भएको छ।
अत्याधिक ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले जिल्ला अस्पताल बाजुरामा पुर्याएका थिए।जिल्ला अस्पताल बाजुरामा उपचार असम्भव भएपछि शनिबार दिउँसो डडेलधुरा रिफर गरिएको थियो।
रिफर गरिएका विक बाटोमा लाँदै गर्दा अछामको साफेबगरमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। वडा अध्यक्ष विक बिगत एक हप्तादेखि बिरामी भएर घरमै थिए । शनिबार अन्तिम अवस्थामा पुगेर जिल्ला अस्पताल ल्याइएको
विकलाई जिल्ला अस्पताल पुर्याउदा नै गाह्रो थियो। अक्सिजनसहित भ्यान्टिलेर आईयु आवस्यक थियो। त्यो बाजुरामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले जानकारी दिए।
जिल्ला अस्पताल बाजुरामा दुई भ्यान्टिलेर बेड र दुई आईसीयू बेड रहेका छन्। तर प्रर्याप्त अक्सिजन र भ्यान्टिलेरट संचालनका लागि जनशक्ति अभावका कारण संचालनमा छैन।
घर घरमा बिरामी छन् सामान्य हुँदा कोही परीक्षण गर्न आउँदैन। अन्तिम समयमामात्र आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । बाजुरामा दोस्रो भेरिएन्ट सहितको कोराना गाउँगाउँमा फैलिएको छ। बाजुरामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ। भने २ जनाको मृत्यु भएको छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने