पोखरामा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने भएको छ ।
पार्टीले कोरोना संक्रमितलाई राख्नका लागि पोखराको चिप्लेढुङ्गा र खुदीमा रहेको पार्टी कार्यालयलाई आइसोलेशन वार्ड बनाउन दिने निर्णय गरेको हो । त्यसैगरी पार्टीले संक्रमितका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।
काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ भएको र महँगो रकम तिर्नु पर्ने अवस्था रहेकाले यही जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको प्रशासनलाई जानकारी गराउँदै अनुमति समेत लिएको छ ।
कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णयबारे जानकारी गराएका थिए । नेताद्वयले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने बताएका छन् ।
सम्बन्धित खबर
पृथ्वी राजमार्ग पश्चिम खण्डकाे २० किमि सडक ६ लेनको बन्ने
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका