पार्टीको निर्देशन नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले आफ्नो गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्ण थापालाई उक्त पदबाट हटाएको छ । उनको सांसद पदबारे जनमोर्चाले केही निर्णय भने गरिसकेको छैन ।
बुधबार संसदीय दल राष्ट्रिय सचेतक पियारी थापाले दलको नेताबाट हटाइएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएकी हुन् । जनमोर्चाको सचिवालय बैठकले उनलाई दलको नेताबाट हटाइएको राजमोको महासचिव मनोज भट्टको हस्ताक्षर गरिएको बिज्ञप्तीमा जनाइएको छ ।
सभामुखललाई बुझाइएको पत्रमा भनिएको छ- ‘गण्डकी प्रदेशसभा संसदीय दलको नेताको जिम्मेवारीमा रहनुभएको माननीय कृष्ण थापाज्यूले मिति २०७८ वैशाख १० गते आफू समेतको उपस्थितीमा बसेको दलको केन्द्रको बैठक एवम १२ गते थापाकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द, जनता समाजवादी पार्टी सहित मिलेर सरकार र्मिाण गर्ने कार्यलाई समर्थन गर्ने गरि भएको निर्णयका विरुद्ध कार्य गरि दलको निर्णय विपरित काम कारवाहीमा संलग्न रहनु भएकालेले नीजलाई राष्ट्रिय जनमोर्चा संसदीय दलको नेताबाट हटाउने गरि भएको दलको निर्णय अनुसार आजकै मिति देखि लागु हुनेगरि राष्ट्रिय जनमोर्चा संसदीय दलको नेताको विवरणबाट नीजको नाम हटाइ सोही बमोजिको विवरणको जानकारी कार्यान्वयन गराउन अनुरोध छ ।’
पार्टीको केन्द्रीय निर्णय अनुसार नेपाली काँग्रेस, माओवादी र जसपाको गठबन्धनलाई सहयोग गरी कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउनुपर्नेमा थापा हस्ताक्षर गर्न मानेका छैनन् । थापाले आफू बागलुङ पुगिसकेका जनाएका छन् ।
थापालाई सांसद पदबाट पनि हटाउने तयारी भएको जनमोर्चा स्रोतले जनाएको छ । अहिले ४ बजे अघि नै सम्पूर्ण प्रक्रिया पूरा गरी सांसद पदबाट हटाएमा काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नेछ नत्र पृथ्वीसुब्बा गुरुङ पुनः अल्पमतको सरकारको नेतृत्व गर्दै मुख्यमन्त्रीको कुर्सीमा फर्कनेछन् । र, ३० दिनभित्र उनले विश्वासको मत पाउनुपर्नेछ । नपाएमा प्रदेशसभा विघटन हुन्छ ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’