पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले आफू पोखरा छाडेर बागलुङ पुगेको जानकारी दिएका छन् । उनले आफूले कुनै हालतमा पनि काँग्रेसलाई सहयोग नगर्ने भएकाले हस्ताक्षर पनि नगरेको र आफूमाथि कारबाही सुरु गरिएको पनि पत्तो नभएको बताएका छन् ।
केही समय अघि मात्रै राष्ट्रिय जनमोर्चाले उनलाई संसदीय दलको नेताबाट हटाएको छ । अब सांसद पदबाट पनि हटाउन तयारी गरेको बुझिएको छ । उनलाई पदमुक्त नगरेको खण्डमा पार्टीको योजना सफल हुँदैन । अर्थात्, नेपाली काँग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्दैन । थापालाई हटाएमा र सांसद खीम विक्रम शाही अन्तिम अवस्थासम्म पनि साथमा रहेमात्र अहिले विपक्षी गठबन्धनमा सरकार बन्छ ।
जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट दुई हप्तादेखि पोखरा छन् । उनले आफूले सांसद थापाले हस्ताक्षर गर्ने र २ बजे नै प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाउने बताएका थिए । तर, थापा बिहानै पोखरा छाडेको फोनमा बताउँछन् । उनले भने – म त ७ बजे नै पोखराबाट बागलुङ हिँडेको हुँ । ९ बजेतिरै आइपुग्याथेँ । अहिले आफ्नै घर जैमिनीमै छु ।
महासचिव भट्टले हस्ताक्षर हुन्छ भन्नुभएको छ, तपाईं पोखरामै लुकेको कि बागलुङ नै जानुभएको हो ? भन्ने प्रश्नमा उनले थपे – ‘कहाँ म हस्ताक्षर गर्छु ? मैले गरेको छैन । र मेरो हस्ताक्षर अरुले गर्न सक्लान्, त्यसो हुन दिन्न ।’ उनले आफूलाई कारबाही बारे थाहा नभएको बताए । थापाले भने – ‘खै यसबारे मलाई थाहा छैन । मलाई पैसा खाएको भन्ने आरोप छ रे, चुनौती दिन्छु ।’
हस्ताक्षर गर्न इन्कार गरेसँगै बिहान स्पष्टीकरण सोधेको राजमोले दिउँसो संसदीय दलको नेताबाट हटाएको हो ।

जनमोर्चाले सांसद थापालाई संसदीय दलको नेताबाट हटायो
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’