पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनले बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् ।
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय जनमोर्चासहितको साथमा मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष बुझाएका छन् ।
नेपाली स्वयंको निवेदन रहेको पत्र प्रदेश प्रमुख सचिवालयमा दर्ता भइसकेको छ । दर्ता नं. १०८ हो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चन्डीप्रसाद अर्यालले बहुमत दाबी गर्दै गठबन्धन आएको र माग दाबी अनुरुप प्रक्रिया अघि बढ्ने बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार अपरान्ह ४ बजेसम्मको समय दिएकी थिइन् ।
कारबाही रोकिपाउँ भन्दै सांसद थापाको अर्को पत्र
जनमोर्चाका ३ जनाकै समर्थन रहेको पत्रमा उल्लेख छ । तर जनमोर्चा सांसद कृष्ण थापाले भने आफूले हस्ताक्षर नगरेको भन्दै प्रदेशप्रमुख सचिवालयमा अर्को पत्र दर्ता गरेका छन् ।
उनले प्रदेश प्रमुखलाई पत्र लेख्दै विधान विपरित आफूलाई कारबाही गरिएकोले सो कार्यान्वयन नगर्न र आफूले हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् । उनी अहिले बाग्लुङमा रहेको र हस्ताक्षर आफूले नगरेको स्पष्ट पारेका छन् ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?