पोखरा – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा गण्डकी प्रदेशबाट ५९ हजार २४१ जना बेरोजगार यूवा सूचिकृत भएकोमा ६ हजार २ सय ५३ जनाले मात्र औसत १८ दिनको रोजगारी पाएको देखिएको छ ।
चालु आवको हालसम्मको विवरण हेर्दा गण्डकी प्रदेशमा उक्त रोजगारी पाएका श्रमिकले कुल १ लाख १५ हजार दिन काम गरेको देखिन्छ ।
चालु आवमा गण्डकीबाट १ हजार १२ वटा आयोजनाहरु समावेश थिए । मन्त्रालयले प्रदान गरेको बजेटबाट श्रमिकलाई ३ करोड ९५ लाख रुपैयाँ ज्याला रकम वितरण गरेको देखिएको छ ।

बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको थियो। उक्त बजेटबाट सरकारले २ लाख बेरोजगार युवालाई १०० दिनको रोजगारी प्रदान गर्ने लक्ष्य लिएको थियो ।
मन्त्रालयले आगामी वर्ष २०७८/७९ को बजेटको गृहकार्य गरिरहँदा चालु आवको कार्यक्रमबारे समीक्षा गर्दा लक्ष्यअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।
यद्यपी, कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले सरकारले बजेट विनियोजन गरिसकेको अवस्थामा पनि लक्ष अनुसार काम गर्न नसकिएको मन्त्रालयको निष्कर्ष छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?