वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। वैशाखमा एक हजार ६०८ जनाले ज्यान गुमाए । कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ।
वैशाख १ गतेसम्म कोरोना संक्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो। सो संख्या बढेर चार लाख ३९ हजार ६५८ पुगेको छ। एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन्।
वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना संक्रमित भएकामा आज एकैदिन संक्रमितको संख्या आठ हजार ५२० पुगेको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ।
वैशाख महिनामा कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ। कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ।
वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन्। वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो संख्या बढेर चार हजार ६६९ पुगेको छ।
सम्बन्धित खबर
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप २२६ जनामा कोरोना संक्रमण, २२३ संक्रमणमुक्त
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका