नेकपा एमाले स्वास्थ्य विभाग प्रमुखले ३ जना मन्त्रीहरुलाई भेटेर काेराेना संक्रमण राेगकाे उपचार र नियन्त्रण सम्बन्धमा सुझावहरु दिएकाे छ ।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारीकाे नेतृत्वमा मन्त्रीहरुलाई भेटेकाे टाेलीले बुँदागत रुपमा १३ वटा सुझाव दिएकाे हाे । काेराेना नियन्त्रण तथा उपचारमा मुख्य भूमिका रहेका तीन मन्त्री इश्वर पाेखरेल, प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयष त्रिपाठीलाई भेटेर सुझाव दिइएकाे छ ।
१३ बँदे सुझाव निम्न छन्–
१) स्वास्थ मन्त्रालयले १० देखी १५ वटाअपरेटरहरू राखी वेड, औषधी, अक्सिजन लगायतका सूचना पाउने र टोल फ्री लाइन व्यस्त नबनाउने
२) वेड, आइसीयू, भेन्टिलेटरको सूचना अनलाइनमा अद्यावधिक गर्ने
३) जनस्वास्थ विपद घोषणा गर्ने, देशी विदेशी सहयोगको लागि अपील गर्ने
४) काठमाण्डौंमा एउटा र मोफसलमा एउटा लिक्विड अक्सिजन उद्योग खोल्ने र पहल गर्ने
५) अक्सिजनको खरीद, वितरण र प्रयोग प्रभावकारी बनाउने, प्लान्ट राख्न नसकिने ठाँउमा कन्सनट्रेटर पठाउने
६) औषधी र मेडिकल सामाग्रीको वितरण माग अनुसार गर्ने
७) औषधी र कच्चा पदार्थकोआयात अनुमति मागेका कम्पनीलाई सहज तरिकाले अनुमति दिने
८) वीर अस्पताललाइ एकीकृत कमान्ड अस्पतालका रूपमा सञ्चालन गर्ने
९) ऊच्चतहको अध्यनको तयारी गरेका चिकित्सक र स्वास्थ कर्मीहरूलाई काममा लगाउन प्रोत्साहन दिने
१०) सही सूचना प्रवाह गर्न मिडिया काउन्सिललाई आफ्ना सदस्यहरूलाई सचेत पार्न आदेश दिने
११) प्रोजेक्सन गरी साप्ताहिक योजना लागू गर्ने
१२) खोपका लागि विश्वव्यापी पहल गर्ने
१३) ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि नेपाल टेलीकम र एनसेललाइ प्रयोग गर्ने
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने