पोखरा । प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीले पछिल्ला दिनमा नमुना स्वाब लिइएको ४८ घण्टाभित्रै पिसिआर रिपोर्टको नतिजा दिइएको जनाएको छ ।
नमुना स्वाब दिएको हप्ता दश दिनसम्म पनि नतिजा समयमै नआऊँदा संक्रमणको जोखिम बढेको भन्दै ब्यापक जनगुनासो बढेपछि प्रयोगशालाले विज्ञप्ति मार्फत सो कुरा जनाएको हो।
विज्ञप्तिमा भनिएको छ – “केही जिल्लाका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौँमा परिक्षणका लागि पठाएर समेत समयमै नतिजा दिन प्रयास गरेको तर, त्यहाँ पनि उस्तै अवस्था रहेकोले केहि दिन ढिला हुन गएको हो। ” बुधबार सम्ममा काठमाडौँ पठाइएको सम्पूर्ण नमुनाको रिपोर्ट समेत सबैले प्राप्त गरेको हुनाले अब सो समस्या हटेको छ। “
प्रयोगशालाले महामारीको परिस्थितिमा समयमै कोभिड–१९ परिक्षणको रिपोर्ट उपलब्ध गराउन नसक्दा दुःख लागेको र आफ्नो क्षमताले भ्याए सम्म काम गर्दै जाँदा पनि ठूलो संख्यामा आएका नमुना परीक्षण गर्नु पर्दाको कारणले मात्र ढिलाइ भएको निमित्त निर्देशक सुवेदीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठ !
“बीचमा ढिला भएको हो, अहिले ४८ घन्टाभित्रै पिसिआर रिपोर्ट आइरहेको छ”
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो दिनमा आफ्नो कार्यालयमा आइपुगेर दर्ता भएको ४८ घण्टा भित्रमा पिसिआर रिपोर्ट उपलध गराइरहेकोे जनाएको छ । गण्डकी प्रदेश अन्तरगतको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बुधबार बिज्ञप्ती प्रकाशन गरेर उक्त जानकारी गराएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पछिल्लो क्रममा देशभर कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढेसंगै गण्डकी प्रदेशमा पनि सम्भावित संक्रमितको संख्या बढेपछी परिक्षणका लागि यस प्रयोगशालामा आउने नमुनाको संख्या बढेको उल्लेख छ । विज्ञप्तीमा नमुनाको संख्या गुणात्मक वृद्धि भई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कोभिड–१९ परिक्षण प्रयोगशालालाई पूर्ण क्षमतामा संचालन गर्दा पनि केही नमुना बाँकी बस्ने र समयमै रिपोर्ट दिन नसकिने अवस्था सृजना भए पछि प्रदेश भित्रका केही जिल्लाका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौँमा परिक्षणका लागि पठाइएर समेत समयमै नतिजा दिन प्रयास गरेको तर त्यहाँ पनि उस्तै अवस्था रहेकोले केहि दिन ढिला हुन गएको उल्लेख छ । काठमाडौं नमुना पठाउँदा काठमाडौं नमुना पठाइएको दिन देखिनै आंशिक रुपमा रिपोर्ट आईरहेको र बुधबार सम्ममा काठमाडौँ पठाइएको सम्पूर्ण नमुनाको रिपोर्ट समेत सबैले प्राप्त गरेको हुनाले अब सो समस्या हटेको निमित्त निर्देशक सुवेदीले बताइन् ।
महामारीको परिस्थितिमा समयमै कोभिड–१९ परिक्षणको रिपोर्ट उपलब्ध गराउन नसक्दा दुःख लागेको र आफ्नो क्षमताले भ्याए सम्म काम गर्दै जाँदा पनि ठूलो संख्यामा आएका नमुना परीक्षण गर्नु पर्दाको कारणले मात्र ढिलाइ भएको निमित्त निर्देशक सुवेदीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
थोरै कर्मचारी रहँदा पनि आफूहरुले सक्दो प्रयास गरेको र केही कर्मचारीहरु करारमा अहिले प्रयोगशालामा थप गरिए सँगै अब प्रयोगशालामा आइपुगेका नमुनाहरुको ४८ घण्टा भित्रै नतिजा उपलब्ध गराउनलाई हरदम प्रयास भै रहेको विज्ञप्तीमा उल्लेख छ । जनस्वास्थ्य प्रयोगशालाले आवश्यकताको आधारमा जिनाएक्सपट विधिबाट २ घण्टाभित्र नै परिक्षण गरि रिपोर्ट उपलब्ध गराउने समेत गरेको जनाएको छ । गण्डकी प्रदेश भित्र रहेका प्रयोगशालाहरुले आफ्नो क्षमता अनुसार परीक्षण गर्दै आफूहरुले सके सम्म सक्दो धेरै नतिजा दिने प्रयासमा लागिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ