कोरोना भाइरसको दोेस्रो लहर सङ्क्रमण रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि यस याममा जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँको चटारोमा व्यस्त छन् । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् ।
जुम्लामा मात्र उत्पादन हुने मार्सीको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान खेतीमा यहाँका किसानको सङ्ख्या पनि बढेको स्थानीय किसान सुनिता पाण्डेले बताए । जेठ पहिलो सातादेखि नै मार्सी धान रोपाइँको चटारो शुरु भएको हो । कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने परम्परा रहिआएको स्थानीय जानकार रमानन्द आचार्यले बताए ।
स्थानीय कृषि क्यालेन्डरअनुसार नै जेठको पहिलो सातादेखि जुम्लामा रोपाइँ शुरु हुन्छ । कोरोना सङ्क्रमणको जोखिम भए पनि किसानलाई रोपाइँ गर्नैपर्ने बाध्यता छ । जीविकोपार्जनका लागि किसानले खेतीको काम रोक्न सकेका छैनन् । जुम्लाका आठवटै स्थानीय तहमा धानखेती हुन्छ ।
जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ ।
मार्सी चामलको बजारभाउ प्रतिकिलो रु १२० छ । व्यापारी सो चामल खरिद गर्न घरघरमा आउँछन् । मार्सी चामलको जति चर्चा छ । उत्पादनमा त्यति नै मेहनत खर्चनुपर्छ । यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कात्तिक महिनाको पहिलो सातादेखि घरमा भित्र्याउने गर्छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने