पोखरा । गोरखाको बारपाकबाट एक युवतीलाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाण्डौ लगिएको छ ।
गण्डकी प्रदेश सरकारको पहलमा बारपाक सुलिकोट -२ निवासी २४ वर्षीया युवतीलाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लगिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
युवतीमा एक हप्ता अघिदेखि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकोमा शुक्रबार राति एक्कासी स्वास प्रस्वासमा समस्या आएपछि स्वास्थ्य चौकी लगिएको थियो ।
स्वास्थ्य परीक्षण गर्दा उनको अक्सिजन लेभल घट्नुका साथै पिसाब समेत बन्द भएकोले स्वास्थ अवस्था गम्भीर देखिएपछि प्रदेश सरकारको सहयोगमा हेलिकप्टर चार्टर गरेर काठमाण्डौ लगिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरिक्षक नानीबाबु दानीले जानकारी दिए ।
दानीका अनुसार अन्य दुई संक्रमितलाई एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल गोरखा लगिएको छ ।
बारपाकमा कोरोनासँग सम्बन्धित लक्षण भएका मानिस घर-घरमा बिरामी भएको जानकारी विभिन्न संचार माध्यममा प्रकाशित भएपछि शुक्रबार प्रदेश स्वास्थ्य निर्देशनालयबाट विषेशज्ञ चिकित्सकसहितको टोली पुगेको थियो ।
टोलीले अहिले गाउँमा कोरोना परीक्षण तथा बिरामी भएका व्यक्तिहरुको उपचार गरिरहेको निरिक्षक दानीले जानकारी दिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो