पोखरा । गोरखाको बारपाकबाट एक युवतीलाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाण्डौ लगिएको छ ।
गण्डकी प्रदेश सरकारको पहलमा बारपाक सुलिकोट -२ निवासी २४ वर्षीया युवतीलाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लगिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
युवतीमा एक हप्ता अघिदेखि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकोमा शुक्रबार राति एक्कासी स्वास प्रस्वासमा समस्या आएपछि स्वास्थ्य चौकी लगिएको थियो ।
स्वास्थ्य परीक्षण गर्दा उनको अक्सिजन लेभल घट्नुका साथै पिसाब समेत बन्द भएकोले स्वास्थ अवस्था गम्भीर देखिएपछि प्रदेश सरकारको सहयोगमा हेलिकप्टर चार्टर गरेर काठमाण्डौ लगिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरिक्षक नानीबाबु दानीले जानकारी दिए ।
दानीका अनुसार अन्य दुई संक्रमितलाई एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल गोरखा लगिएको छ ।
बारपाकमा कोरोनासँग सम्बन्धित लक्षण भएका मानिस घर-घरमा बिरामी भएको जानकारी विभिन्न संचार माध्यममा प्रकाशित भएपछि शुक्रबार प्रदेश स्वास्थ्य निर्देशनालयबाट विषेशज्ञ चिकित्सकसहितको टोली पुगेको थियो ।
टोलीले अहिले गाउँमा कोरोना परीक्षण तथा बिरामी भएका व्यक्तिहरुको उपचार गरिरहेको निरिक्षक दानीले जानकारी दिए ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा