काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न रु २० अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्यीकरण, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करीब रु १९ अर्ब बजेट विनियोज गरिएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न रु ८ अर्ब ५० करोड विनियोजन गरिएको छ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न तथा टर्मिनल भवन बनाउन रु छ अर्ब ९५ करोड र भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप निर्माणको काम सम्पन्न गर्न र दोसो टर्मिनल भवन बनाउन रु ३ अर्ब ५३ करोड विनियोजन गरिएको हो ।
यस्तै, आगामी आवमा सरकारले आन्तरिक विमानस्थलको पूर्वाधार निर्माणमा रु १ अर्ब ३३ करोड विनियोजन गरेको छ । इलाम, गुल्मी र डोल्पामा रहेका विमानस्थलमा परीक्षण उडान गर्ने, सुर्खेत र विराटनगर विमास्थलको विस्तार गर्ने, ओखलढुंगा र ताप्लेजुङ विमानस्थलको धावनमार्ग विस्तार गरिनेछ ।
सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो