काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन् ।
स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार? विषयक बजेट समीक्षा’ कार्यक्रममा उनले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए ।
“निर्वाचन तोकिसकेको सरकारले तलब, भत्ता वृद्धि र कर छुट दिएर निर्वाचनमा भोट पाउन अध्यादेशबाट लोकप्रिय बजेट ल्याएको छ, यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट हो,”– उनले भने, “भएका कार्यक्रमलाई निरन्तरता दिनेमात्र कामचलाउ सरकारको काम हो, पुरक बजेट ल्याउन मिल्दैन ।”
नेपाल राष्ट्र बैँकका पूर्वगर्भनर डा चिरञ्जीवी नेपालले सरकारले पर्याप्त छलफल नगरी बजेट ल्याएको जनाउँदै भने, “भूकम्पको समयमा आउन नसकेको अनुदान तथा ऋण संसारभर फैलिएको कोरोनाको बेलामा कसरी आउन सक्छ ।’’
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले बजेट निर्वाचनमुखी आएको बताएका छन् । बजेट चाहिने ठाउँमा भन्दापनि नचाहिने ठाउँमा विनियोजन गर्न खोजेको उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेलले बजेटले सबै पक्षलाई छोएपनि यसको कार्यान्वयनमा चुनौतीपूर्ण रहेको उल्लेख गरे। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले दलहरुबीचको प्रतिस्पर्धाका कारण सामाजिक सुरक्षामा रकम बढ्दा राज्यलाई थप भार पर्ने बताए।
स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले संसदमा नीति र कार्यक्रम प्रस्तुत नगरी बजेट आउनु संविधानको मर्म र भावनाविपरीत भएको बताएका थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ