काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक डा बलराम श्रेष्ठले राससलाई जानकारी दिए ।
जापानबाट महेश श्रेष्ठले रु एक लाख, डा बलराम श्रेष्ठले रु ८० हजार, कृष्णप्रसाद भण्डारीले रु १० हजार, भेषनारायण श्रेष्ठले रु १० हजार र शङ्करप्रसाद न्यौपानेले रु १० हजार गरी रु दुई लाख १० हजार पहिलो चरणमा ती जिल्लामा पठाइसकिएको छ । जापानबाट अरु करिब रु दुई लाख सहयोगको प्रतिबद्धता भएको छ । अन्य देशबाट रु १८ लाख जम्मा भएको उनले बताए। हालसम्म अन्य देशबाट समेत गरी रु २१ लाखको सहयोग जुटाउन लागिएको छ । प्रत्येक जिल्लालाई रु सात लाखका दरले सहयोग दिने गरी काम भइरहेको शाखाले जनाएको छ ।
जम्मा भएको सहयोग रकम बैंकमार्फत् पठाइएको छ । सहयोग गर्न चाहनेलाई सम्पर्क गर्न पनि शाखाले सार्वजनिक आह्वान गरेको छ । जम्मा हुने सहयोग बैंकमार्फत नै पठाइने जापान शाखा संयोजक श्रेष्ठले बताए । प्राप्त सहयोग कांग्रेसका सम्बन्धित जिल्ला कार्य समितिमार्फत कोरोना सङ्क्रमित भई जीवन मरणका लागि लडिरहेका नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन उपयोग गरिने जनाइएको छ ।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते