चीनले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

nepalchina

काठमाण्डौ । मंगलबार चीनबाट ८ लाख डोज खोप नेपाल आइपुगेको छ ।

चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा मंगलवार काठमाडौं आइपुगेको हो । खोप लिन सोमवार राति नेपाल वायुसेवा निगमको वाइडबडी विमान बेइजिङ प्रस्थान गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds