काठमाडौँ । भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा माग र कोभिडको महामारीविरुद्ध सबै शक्ति एकताबद्ध भएर लड्नुपर्ने बेलामा सरकार गलत बाटोमा हिँडेको आरोपसहित ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न, कोभिडविरुद्ध तत्काल खोपको व्यवस्था गर्न, कोभिडका कारण बिरामी भएका सबै नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा अस्पतालमा आवश्यक औषधि र उपकरणको व्यवस्थापन गर्न, लकडाउनले अभावसँग जुधिरहेका नागरिकलाई तत्काल राहत दिन, कोभिडविरुद्ध अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मी र राष्ट्रसेवकको मनोबल उच्च राख्न शत्प्रतिशत भत्ताको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै, लकडाउनका कारण आम विद्यार्थीको शैक्षिक सत्र बिग्रिएकाले वैकल्पिक व्यवस्था गर्न, किसानलाई सहज रूपमा आफ्नो उपज बजारमा लैजान सहजीकरण गर्दै खेतीपातीको यो समयमा मल, बीउबिजनको सहज रूपमा सुपथ मूल्यमा उपलब्ध गराउन, लकडाउनका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायीहरूलाई किस्ता तिर्ने समय थप गर्न र लकडाउन अवधिको ब्याज र हर्जना मिनाह गरी पुनर्कर्जाको व्यवस्था गर्न, विकास आयोजनाहरूलाई सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउन र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गरी आपूर्तिको सहज वातावरण निर्माण गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा नेपाली कांग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डिपी ढकाल, नेकपा एमालेका अध्यक्ष रजन केसी, जनता समाजवादी पार्टी नेपालका श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका शिवहरि नेपालले हस्ताक्षर गरेका छन्। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पाँचदलको मागसहितको ज्ञापनपत्र नेपाल सरकारसमक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरे।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
मन्त्री पुनलाई जेनजी अभियन्ता अन्सारीको प्रश्न : तपाईं मन्त्री कि लाचार अभियन्ता ?
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला