म्याग्दी । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीले ‘आपत्कालीन कोष’ स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनीस्थित महासङ्घको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो ।
स्थापना भएकै दिन बैठकमा सहभागी शाखाका पदाधिकारी, सदस्य र सल्लाहकारहरुबाट कोषमा रु एक लाखभन्दा बढी सहयोग प्राप्त भएको कोषाध्यक्ष अमित विश्वकर्माले जानकारी दिए । “पत्रकारका लागि पत्रकारकै सहभागितामा कोष स्थापना गरिएको हो”, शाखा अध्यक्ष पौडेलले भने, “कोषको रकम बढाउँदै लैजाने र ब्याजबाट आवश्यकताका आधारमा कार्यविधिअनुसार पत्रकारहरुलाई सहयोग गर्छौँ ।”
कोष परिचालन र सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्न शाखाका सचिव सन्तोष गौतम, सहसचिव प्रमोद शर्मा र सदस्य सुदर्शनकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । आगामी बैठकमा कार्यविधिको मस्यौदा पेश गरिने सचिव गौतमले बताए ।
विपद्, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित हुने पत्रकारलाई आकस्मिकरूपमा विशेषगरी स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष पौडेलले बताए । म्याग्दीमा महासङ्घका ६२ सदस्य छन् ।
शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले नयाँ कार्यसमितिको अल्पकालीन र दीर्घकालीन कार्ययोजनाअनुसार पहिलो चरणमा आपत्कालीन कोष स्थापना भएको बताए । बेनीमा मिडिया सेन्टर सञ्चालनको तयारी गरेको महासङ्घले बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको चार आना जग्गामा भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन प्रक्रिया अघि बढाएको छ । पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता र सीप विकासका लागि तालिम सञ्चालन गर्ने, हितकोष स्थापना र पत्रकारिता पुरस्कारको अक्षयकोष बनाउने योजना बनाइएको छ ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?