काठमाडौँ । पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गर्नुभएका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।
पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाई कारवाही प्रक्रिया थालेको बताइएको छ ।
एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानसमेतका आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्काशन नगर्ने भनी चित्तबुझ्दो जवाफ माग गरेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधेका छन् । त्यस्तै शाहलाई गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप पनि लगाइएको छ ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?