तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, नागरिक सामज, गैरसरकारी संस्था, शिक्षक एवं स्वदेश तथा विदेशमा बस्ने नागरिकसँग सुझाव माग गरेको हो ।
प्रत्येक स्थानीय तहले असार १५ गते गाउँ वा नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थानीय तह यतिबेला बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा छन् ।
गाउँपालिकाले संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान, पन्ध्रौ योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण तथा बन्दीपुर गाउँपालिकाको एकीकृत विकास गुरुयोजना २०७६–२०९६ का दीर्घकालिन सोच, लक्ष्य तथा उद्देश्यसँग तादम्यता हुने गरी आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।
सोही सम्बन्धमा जेठ २७ गतेभित्र सबैले गाउँपालिकालाई सुझाव दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए। “गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौ”, उनले भने, “सङ्कलन भएका सुझावहरुलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्छौ ।” बजेट, नीति तथा कार्यक्रममा सबैको अपनत्व कायम गर्न खोजिएको उनले बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनताको आवश्यकता र मागका आधारमा आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम बनाइने जानकारी दिए।
स्वास्थ्य संस्थालाई दश लाख
अपाङ्गता भएका व्यक्तिको हितमा काम गर्दै आएको राष्ट्रिय एकीकृत विकास सङ्घ (निडा) ले तनहुँका चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले भानु नगरपालिकाको पुरनडिही नगर अस्पताल, बन्दीपुर गाउँपालिकाको बन्दीपुर अस्पताल, शुक्लागण्डकी नगरपालिकाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र भिमाद नगरपालिकाको भिमाद स्वास्थ्य केन्द्रलाई रु दश लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । निडा तनहुँकी दिना गोतामेका अनुसार कोभिड अस्थायी अस्पतालको रुपमा रहेको संस्थाहरुलाई प्रत्येकका लागि ६२ थान पिपिई, पाँच थान अक्सोमिटर र एक थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको छ । स्वास्थ्य सामग्रीको अभावमा विरामी र स्वास्थ्यकर्मीहरुले समस्या झेल्न नपारोस् भन्ने उदेश्यले सहयोग गरेको निडाका अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिए ।
निडा हङकङका नागरिक कादुरीको आर्थिक सहयोगमा गैर सरकारी संस्थाको रुपमा परिचालन हुँदै आएका छ । संस्थाले गोरखाको पालुङटारको आँपपिपल अस्पताल, लमजुङको नमुना सामुदायिक अस्पताल सुन्दर बजारलाई पनि सहयोग गरेको छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’