नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशिल सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज यहाँ आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ भने ।
“आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उनले भने । पूर्व उपप्रधानमन्त्री निधिले काँग्रेसले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताए ।
काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाए । अर्का केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वडुले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको बताए । काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले काँग्रेसको १४ औँ महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताए । काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुनलगायतले पार्टीको विधानअनुसार समयमा नै महाधिवेशन गर्नका लागि केन्द्रीय नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ