काठमाडौँ । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।
प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।
विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किशोर साहलाई सामाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित खबर
कांग्रेस र एमालेबीचको गठबन्धन नतोड्न प्रचण्डको सुझाव
सीमाको अनुगमनमा आफैं जाँदा स्टन्ट भन्छन्, अब स्पेशल टास्क फोर्सले गर्छ : गृहमन्त्री गुरुङ
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
शिक्षामन्त्री पाेखरेलविरुद्ध नाराबाजी गर्ने २३ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने भन्दै कांग्रेस सभापतिले गरे कटाक्ष
फेसबुकबाटै कर फिर्ता लिँदै प्रधानमन्त्री बालेनले लेखे- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल