गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।
राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागिपरेको र अबका दिनमा पनि सहयोग गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे । उनले विज्ञप्तिमा भनेका छन् – “विनाकारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु ।”
सम्बन्धित खबर
०८४ को निर्वाचन पछि एमालेको एकल सरकार हुनुपर्छः ओली
बालेनले भने – ‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’
रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ हुने
रास्वपामा स्वर्णिम वाग्ले उपसभापति बन्दा अनिलकेशरी शाह केन्द्रीय सदस्य
राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी
दुर्गा प्रसाईंको प्रदर्शनमा ९ हजार र युवा संघमा ७ हजारको सहभागिता रहेको सुरक्षा निकायको आंँकलन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका