काठमाण्डौ। निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने बताएका छन् । मन्त्रालयलले आज सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उनले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ लागिरहने बताए ।
आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै उनले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्न समेत कर्मचारीलाई आग्रह गरे । पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै कर्मचारी पनि लाग्नु पर्नेमा उनले जोड दिए ।
सो अवसरमा आलेले आफूलाई विश्वास गरेर जनताको सेवा गर्ने मौका दिएकामा नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कडेँललगायतका कर्मचारीले निवर्तमान मन्त्री आलेसँग काम गर्दा निकै सौहार्दपूर्ण भएको बताए ।
सम्बन्धित खबर
०८४ को निर्वाचन पछि एमालेको एकल सरकार हुनुपर्छः ओली
बालेनले भने – ‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’
रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ हुने
रास्वपामा स्वर्णिम वाग्ले उपसभापति बन्दा अनिलकेशरी शाह केन्द्रीय सदस्य
राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी
दुर्गा प्रसाईंको प्रदर्शनमा ९ हजार र युवा संघमा ७ हजारको सहभागिता रहेको सुरक्षा निकायको आंँकलन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका