लमजुङ । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ । लमजुङ बेँसीशहरको राष्ट्रिय बाणिज्य बैंक शाखामा एकै चोटी ठूलो भीडभाडमा कोरोना सङ्क्रमणको जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता भएको छ ।
सेवा निवृत्त शिक्षक लेखनाथ शर्माले भीडभाडले जोखिम उच्च रहेकाले डराई डराई पेन्सन लिन बस्नुपरिरहेको र हामीलाई जागिर खानुभन्दा पनि पेन्सन लिन बढी सकस भएको धारणा राखे। पूर्व प्रहरी हवल्दार शन्तबहादुर गुरुङ भन्छन्, “कोरोना सङ्क्रमणका बेला कम भीडभाड हुन्छ होला भनेर पेन्सन लिन आएको, यहाँ त ठूलो भीडभाड पो रैछ ।” त्यस्तै, कमल लोहनी, रामबहादुर रावल लगायतले सरकारले व्यवस्थित रुपमा पेन्सन वितरणको व्यवस्था गरेको भए यस्तो समस्या भोग्नु नपर्ने धारणा राख्छन्।
राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रमुख सोमनाथ पौडेलले पहिला दुई वटा काउन्टर मात्र सञ्चालन गर्दै आएपनि अहिले ६ वटा काउन्टरबाट पेन्सन लिन आएकालाई सेवा प्रवाह गरिरहेको र यस्तो भीड आगामी आइतबारसम्म पनि हुन सक्नेछ भने। यहाँबाट पेन्सन लिने २ हजार २०० जना रहेको राष्ट्रिय बाणिज्य बैंकले जनाएको छ । बैंकका अनुसार निषेधाज्ञाका कारण हप्तामा आइतबार र बिहिबार मात्र बैंक खुल्दा यहाँका कर्मचारीलाई एक हप्ताको काम एक दिनमै गर्नुपर्ने बाध्यता भइरहेको छ । यहाँको भीड बैंकले व्यवस्थापन गर्न नसकेपछि प्रहरी समेत परिचालन गरिएको थियो ।
प्रमुख जिल्ल्ला अधिकारी होमप्रसाद लुइँटेलले पेन्सन लिन आएको तथा अन्य सेवाग्राहीका लागि सामाजिक दूरी कायम गर्न बैंकहरुलाई निर्देशन दिएको बताए। तर सेवाग्राहीहरुको भीडभाड अलिअलि भने स्वभाविक हुने तर्क उनको छ ।
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती