लमजुङ । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ । लमजुङ बेँसीशहरको राष्ट्रिय बाणिज्य बैंक शाखामा एकै चोटी ठूलो भीडभाडमा कोरोना सङ्क्रमणको जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता भएको छ ।
सेवा निवृत्त शिक्षक लेखनाथ शर्माले भीडभाडले जोखिम उच्च रहेकाले डराई डराई पेन्सन लिन बस्नुपरिरहेको र हामीलाई जागिर खानुभन्दा पनि पेन्सन लिन बढी सकस भएको धारणा राखे। पूर्व प्रहरी हवल्दार शन्तबहादुर गुरुङ भन्छन्, “कोरोना सङ्क्रमणका बेला कम भीडभाड हुन्छ होला भनेर पेन्सन लिन आएको, यहाँ त ठूलो भीडभाड पो रैछ ।” त्यस्तै, कमल लोहनी, रामबहादुर रावल लगायतले सरकारले व्यवस्थित रुपमा पेन्सन वितरणको व्यवस्था गरेको भए यस्तो समस्या भोग्नु नपर्ने धारणा राख्छन्।
राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रमुख सोमनाथ पौडेलले पहिला दुई वटा काउन्टर मात्र सञ्चालन गर्दै आएपनि अहिले ६ वटा काउन्टरबाट पेन्सन लिन आएकालाई सेवा प्रवाह गरिरहेको र यस्तो भीड आगामी आइतबारसम्म पनि हुन सक्नेछ भने। यहाँबाट पेन्सन लिने २ हजार २०० जना रहेको राष्ट्रिय बाणिज्य बैंकले जनाएको छ । बैंकका अनुसार निषेधाज्ञाका कारण हप्तामा आइतबार र बिहिबार मात्र बैंक खुल्दा यहाँका कर्मचारीलाई एक हप्ताको काम एक दिनमै गर्नुपर्ने बाध्यता भइरहेको छ । यहाँको भीड बैंकले व्यवस्थापन गर्न नसकेपछि प्रहरी समेत परिचालन गरिएको थियो ।
प्रमुख जिल्ल्ला अधिकारी होमप्रसाद लुइँटेलले पेन्सन लिन आएको तथा अन्य सेवाग्राहीका लागि सामाजिक दूरी कायम गर्न बैंकहरुलाई निर्देशन दिएको बताए। तर सेवाग्राहीहरुको भीडभाड अलिअलि भने स्वभाविक हुने तर्क उनको छ ।
सम्बन्धित खबर
लमजुङमा सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी
पर्यटकले भरिँदै घलेगाउँ
नेपालमा पहिलो पटक लमजुङमा समलैंगिक विवाह दर्ता
सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव
लमजुङको खत्रीठाँटीमा जुवातास खेल्दै गरेका ११ जना सवा १ लाख सहित पक्राउ
लमजुङमा कौडा खेल्दै गरेका ११ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका