काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ ।
दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशसभा सदस्य वैद्यले राखेको अराजक तथा गैरराजनीतिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरिएको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।
यसैबीच, प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ । अभिव्यक्तिविरुद्ध एमाले मकवानपुर, युवासङ्घ, अनेमसङ्घलगायतले विज्ञप्ति निकालेर आक्रोश व्यक्त गरेका छन् । एमाले मकवानपुरले प्रतिवाद गर्न तयार रहेको जनाएको छ ।
“कांग्रेस, माओवादी, माधव नेपाल, उपेन्द्र यादव समूह अहिले ओलीका विरुद्ध राजनीतिक लडाइँमा पराजित भएपछि हत्या गर्ने योजनामा लागेकै हो?, कांग्रेस लोकतान्त्रिक मान्यताबाट च्यूत भएकै हो?, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र, समृद्धिको मिशन बोकेर करोडौं जनताको हृदयमा बस्न सफल ओली एक्लै छैनन्, एमालेजन र ओली समर्थकहरु हातमा दही जमाएर बसेका छैनन्, हरपल प्रतिवाद गर्न तयार छन्”, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।
सम्बन्धित खबर
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
बालेन सरकारलाई चेतावनी दिँदै ओलीले भने- जनताले पाँच वर्ष मनलाग्दी गर्न लाइसेन्स दिएका होइनन्
रास्वपामा को–को भए पदाधिकारी ? भूपदेव, सुनिलदेखि सुधनसम्म रास्वपाको केन्द्रीय समितिमा मनोनयन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै