बलेवा । सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा वसुन्धरा शर्माको चुल्हो बल्छ । परिवारमा अरू कोही छैनन् । खेती गरेर खाने जमीन छैन, उमेरले पनि डाँडा काटेकाले काम गरेर खानसक्ने कुरै भएन । बिहे गरेको महिना नबित्दै श्रीमान्को मृत्यु भएपछि बिहेपछिका झण्डै ८० वर्ष उनले एकल जीवन बिताइन्। आठ वर्षको उमेरमा उनको बिहे भएको थियो ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी उनी ८८ वर्षकी भइन्। उनको जिउने आधार एउटा सानो कुटी थियो । गत वर्षको वर्षायाममा त्यही कुटीमा समेत विपत्ति आइलाग्यो । गत भदौ २८ र २९ गतेको वर्षापछि जग नै भासिएर घर जमीनमुनि पुग्यो । वसुन्धराले एक वर्ष निकै कष्टले बिताइन्। घर भाँसिएपछि पीडाको सीमा रहेन । छिमेकीको घरमा आश्रय लिएर बसिन्। वसुन्धारको खुशी एक वर्षपछि फर्किएको छ ।
नगरपालिकाले भाँसिएको घर पुनर्निर्माण गरिदिएपछि वसुन्धराको आँखामा अहिले हर्षका आँसु देखिन्छ । “बाससमेत हिँड्यो, अहिले नयाँ घर बनेको छ, पानी ओत्ने भो”, वसुन्धराले खुशी व्यक्त गर्दै भनिन्, “आफ्नै झुप्रो प्यारो लाग्छ नि !” उनको घर बनाउन नगरपालिकाले रु ७० हजार अनुदान दिएको थियो । स्थानीय युवाले सहयोग अभियान घोषणा गरेका थिए ।
नगरपालिकाले जिम्मेवारी लिएपछि युवाहरुले अभियान रोके । घर बनाउन डकर्मी र सिकर्मीको ज्याला रु ५० हजार र रु २० हजारको जस्तापाता उपलब्ध गराइएको वडा सदस्य रुद्रनाथ शर्माले बताए। स्थानीय काठ र बाँस तथा ढुङ्गा माटोले उनका लागि एकछाने नयाँघर बनेको छ । एकल भएकाले खानाका लागि सामाजिक सुरक्षा भत्ता र एकदुईवटा अंशमा पाएका बारीमा फल्ने उपजले पुग्छ ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस