बागलुङ । प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले असार महिनाको मन्दिरको आयव्यय सार्वजनिक गरेको छ ।
समितिका अनुसार, असारमा १८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी र १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च भई ६६ हजार ६ सय ३२ रूपैयाँ बचत भएको छ ।
भक्तजनले चढाएको भेटीबाट १० लाख ७८ हजार १ सय ३०, चामलबाट १५ हजार ३ सय, बोकाको टाउको बिक्रीबाट ४४ हजार ५०, कुखुराबाट ५ हजार ५ सय ५० आम्दानी भएको हो । सटर भाडाबाट २ लाख १० हजार २ सय, विवाहबाट ५ हजार, आर्थिक सहयोगमार्फत ६४ हजार ४ सय ३७ रुपैयाँ, परेवाबाट ४ लाख १४ हजार ५ सय ५०, पण्डितबाट ११ हजार ४ सय, व्रतबन्धबाट १२ सय, सिक्का सटहीबाट २ हजार ३ सय आम्दानी भएको समितिका अध्यक्ष कुमार खड्काले बताए ।
असारमा गुठीका कर्मचारीलाई तलब ३ लाख ९० हजार, विद्युत खर्च ३३ हजार ३ सय ८०, अतिथि सत्कारमा ८१ हजार, आर्थिक सहयोग १ लाख ४० हजार, पूर्वाधार विकास तथा निर्माण ८ लाख ८६ हजार, उपहारमा ७ हजार ५ सय, पोशाकमा ९९ हजार ६ सय, खाद्यन्न तथा आवासतर्फ ७० हजार, यातायात भ्रमणमा १५ हजार, इन्धनमा २८ हजार ६ सय ५५, विज्ञापनतर्फ १ हजार ५ सय, टेलिफोन र इन्टरनेटतर्फ ७ हजार ५ सय रुपैयाँ खर्च भएको कालीका भगवती गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य