– हरि बाँस्तोला
पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अपाङगता भएको परिवारलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परिवारलाई स्वदेश तथा विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग जुटेको हो ।
अपाङग सहित सात जनाको सो परिवारलाई आज स्वदेश तथा रोजगारीको शिलशिलामा विदेशमा रहेका मनकारी व्यक्तिबाट ३० हजार रुपैया नगद सहयोग प्राप्त भएको छ ।
रोग भन्दा भोकको चिन्ता बिषयको समाचार प्रकाशित भएपछि स्याङ्गजा जिल्ला पुतलीबजार घर भई हाल अमेरिकामा रहेका राजेन्द्र गुरुङले १० हजार, शिवकुमार रानाभाट (सुन्दर) जापानबाट नौ हजार ७५५, पोखरा १७ छोरेपाटनका सन्तोष गुरुङबाट पाँच हजार २४५, नरेन गुरुङले दुई हजार मेखबहादुर थापाबाट तीन हजार सहयोग गरेका थिए ।
स्याङ्गजा जिल्ला पुतलीवजार नगरपालिका ७ स्थित भारकोट शान्ति स्तुपा गाउँ समाजका साधारण सदस्यद्वय सन्तोष गुरुङ र मेखबहादुर थापाले सहयोगिदाताहरुबाट संकलित रकम उक्त रकम परिवारका सदस्य मनमाया थापामगरलाई हस्तान्तरण गरे ।
दैनिक ज्यालादारीको भरमा जिविकोपार्जन गर्दै आएको अपाङग सहितको सात जनाको परिवारलाई निषेधाज्ञाको कारण रोजगार गुमेपछि हात मुख जोडन समेत धौध परेको थियो । सो परिवारको पिडालाई बुझेका मनकारी मनहरुको सहयोगले खानाको राम्रो व्यवस्था भएको छ ।
अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको नजिक सेतीनदीको डिलमा आफन्तको जग्गामा जस्ताले छायको एउटा कोठामा नवोल्ने, हिडडुल समेत गर्न नसक्ने, खाना खुवाईदिनु पर्ने र शौचालय समेत बोकेर लैजानु पर्ने अवस्थाका १८ बर्षीैय अपाङग पुर्णबहादुर थापा सहितको सात जनाको परिवार वस्न बाध्य छ ।
काठमाडौंमा जन्मेर छ महिनाको हुँदा पोखरा लिएर आएका बुबा आमा समेतको निधन भई सकेकोले आफन्त र पैत्रिक सम्पत्तिकाबारेमा समेत केही जानकारी नभएको कारण अहिलेसम्म आफ्नो नाममा एक इञ्चि पनि जमिन नभएको सो परिवारका अभिभावक ५५ बर्षीय लक्षु थापामगरले दुखेसो पोखे ।
स्थानीय तहले जग्गा उपलव्ध गराउने हो भने उनीहरुका लागि आवश्यक घर समेत निर्माण गर्न विभिन्न संघसंस्था एवम् व्यक्तिहरुले प्रतिवद्धता जनाउने क्रम बढेको छ ।
निषेधाज्ञाले रोजगारी गुमेपछि चरम आर्थिक अभावको समस्यामा पोखरा -१७ स्थित मगर परिवार
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो