स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज

स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज

Nepali-congress-syangja-bhawan

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जामा पहिलो चरणको वडा अधिवेशन सुरु भएको पहिलो दिन ९७ मध्ये ८३ वटा वडामा अधिवेशन सम्पन्न भएको छ ।

संविधान दिवसको अवसर पारेर सुरु गरिएको अधिवेशन जिल्लाका विभिन्न वडामा असोज ३ र ४ गते गर्ने कार्यतालिका तय गरिएको थियो । सोहीअनुसार शनिबार ८३ वटा वडामा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सचिव दामोदर लम्सालले जानकारी दिए ।

उनका अनुसार बाँकी १४ वटा वडामा आज वडा अधिवेशन हुनेछ ।

जिल्लामा बाँकी रहेका वडामध्ये आँधीखोला गाउँपालिका–४, फेदीखोला गाउँपालिका–२, बिरुवा गाउँपालिकाका वडा नम्बर २, ३, ४, ६ र ८ मा अधिवेशन हुन बाँकी छ ।

त्यस्तै, वालिङ नगरपालिकाका वडा नम्बर ८, १२ र १३, गल्याङ नगरपालिकाको वडा नम्बर ८ तथा चापाकोट नगरपालिकाका वडा नम्बर ६, ८ र ९ मा आज अधिवेशन गर्ने तयारी छ ।

स्याङ्जाका भीरकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, हरिनास गाउँपालिका, कालीगण्डकी गाउँपालिका र पुतलीबजार नगरपालिकाका सबै वडामा भने पहिलो दिनमै वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

वडा अधिवेशनबाट स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व चयनसँगै १५औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्नेछ । बाँकी वडाको अधिवेशन सम्पन्न भएपछि जिल्लाको पहिलो चरणको वडा अधिवेशन पूरा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ