मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

krishnachandra_pokhrel

पोखरा – मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार गण्डकी प्रदेश सभामा उनले राखेको विश्वासको प्रस्तावमा ३१ सांसदले मत दिएका हुन् । भने, विपक्षीमा रहेका २७ एमाले सांसदले विपक्षमा मतदान गरेका हुन्।

मुख्यमन्त्री पोखरेलले सत्ता साझेदार दल नेपाली कांग्रेसबाट १५, माओवादी केन्द्रबाट ११, जनता समाजवादीबाट दुई र जनमोर्चाको तर्फबाट दुई र स्वतन्त्र सांसदको एक मत पाएका थिए ।

५९ सांसद रहेको गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले सांसद पद नरहने गरी कारबाही गरेको थियो।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री पोखरेललाई अब मन्त्रालय विस्तार र मन्त्रालय भागभण्डा गर्ने बाटो खुलेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds