देउवाले भने- ‘फेरि सभापतिमा लड्छु, पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन’

देउवाले भने- ‘फेरि सभापतिमा लड्छु, पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन’

sher-bahadur-deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने बताएका छन् । देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बुढानीलकण्ठमा बोलाएर आफू सभापतिमा दोहोरिने बताएका हुन् ।

देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको बैठकमा सहभागी नेताले बताएका छन् ।  देउवाले भनेका छन् –  ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं, अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन । अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउँछु’

देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ