जापानको फुकुओकामा रहेका नेपालीहरुको सबैभन्दा पूरानो सामाजिक संस्था फुकुओका नेपाल सोसाईटीमा नयाँ नेतृत्व निर्विरोध चयन गरिएको छ । तनहुँका माधव सिग्देल अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
सोसाइटीको शनिबार भएको २६ औं अधिवेशनबाट सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा ललिता तामाङ तथा तीन उपाध्यक्षमा रबि बस्नेत, सुजन केसी र इन्द्रप्रसाद घले चयन भए ।
यस्तै, कार्यकारी पद सचिवमा पोखराका अशोक सेढाईं सर्वसम्मत चयन भएका छन् । सोसाईटीको सहसचिवमा दीपक बिक, कोषाध्यक्ष प्रेमराज दाहाल, सहकोषाध्यक्ष कृष्णराज भट्ट, प्रवक्तामा दिलेन्द्र जोशी र सदस्यहरुमा मुक्तिनाथ ढकाल, भुवन कृष्ण घिमिरे चयन भएका छन् ।
शिव शर्माको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यरुमा लक्ष्मण बानियाँ, रामकृष्ण श्रेष्ठ, छत्र दाहाल, नविन अधिकारी र पुरुषोत्तम सिग्देल रहेका थिए ।
अधिवेशनमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना, विशिष्ट अतिथि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण निवर्तमान मन्त्री विकास लम्साल, विशिष्ठ अतिथि एनआरएनए निवर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाहकार कुल आचार्य, नेपाल सरकारका सहसचिव एवम् हाल विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्री, जापानमा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?