कास्की । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग साधनाले मन, मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्राप्त गर्न सकिने बताएकी छन्। सातौंँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन योग साधना र ध्यानको महत्वमा जोड दिएकी छन्।
योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउ पु-याउने जनाउँदै सन्देशमा भनिएको छ, “योग कुनै धर्म र अध्यात्मसँग नभई शरीर र प्रकृतिसँग सम्बन्धित छ, चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु हो र जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको विकल्प छैन ।”
पुर्खाबाट खोज, अनुसन्धान र अभ्यास भइआएका योग र ध्यान साधनालाई नयाँ पुस्ताले पनि अनुसरण गर्न सके ठूलाठूला रोग र महाव्याधिबाट छुट्कारा मिल्ने र स्वस्थ जीवन बाँच्न सकिने सन्देशमा जनाइएको छ ।
सन्देशमा विश्व कोरोना महामारीसँग जुधिरहेका वर्तमान अवस्थामा शुद्ध आहार र सकारात्मक चिन्तनको आवश्यकता औँल्याउँदै स्वस्थ र तनावमुक्त जीवन शैली व्यतीत गर्न योग साधनाको महत्व रहेको उल्लेख छ ।
प्रदेश प्रमुख पौडेलले आज नै परेको संगीत दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सकारात्मक चिन्तनसहित स्वस्थ जीवन व्यतीत गर्न सक्ने ऊर्जा मिलोस् भनी कामना गरेकी छन्। सन् २०१५ देखि संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय योग दिवस मनाउन शुरु गरेको हो । संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइन्छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन