सिन्ह्वा । संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीनिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिएका छन्।
उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने कामको थालनी भएको र त्यसमा केही प्रगति पनि भएको देखिएको बताएका हुन्। तर यहाँको सुरक्षाको अवस्थाका बारेमा भने उनले चासो व्यक्त गरेका छन्।
उनले भनेका छन् कि दक्षिण सुडानको राजनीतिक र न्यायपालिकाको सुधारका बारेमा काम अघि बढेको छ र यहाँको सरकारले त्यस क्षेत्रमा काम गरेको छ । तर सबैले सुरक्षाका बारेमा भने चिन्ता व्यक्त गर्नुपर्ने उनले बताए। संयुक्त राष्ट्रसंघले सुरक्षाका क्षेत्रमा अझै समन्वय बढाउनुपर्ने उनले सुझाव दिएका छन्।
उनले भने, यहाँ संयुक्त राष्ट्रसंघले गएको मे महिनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ ।यहाँका राष्ट्रपति साल्भा किरले हालैमात्र यहाँको एक विधायिकामा ५५० जना थप गरेर पुनर्गठन गरेका थिए।
त्यस विधायक सभाले यहाँ नयाँ संविधान निर्माण गर्ने काम गरिरहेको पनि उनले जानकारी दिएका छन्। हाल पनि संसारको कान्छो देशका रुपमा चिनिएको दक्षिण सुडान १० वर्ष अघि नयाँ राष्ट्रका रुपमा स्थापना भएको हो ।आगामी जुलाई ९ मा यो देशले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ ।
साथै संयुक्त राष्ट्रसंघ र विश्वका कतिपय देशहरुको सहयोग र समन्वयमा यहाँ नयाँ संविधान निर्माण गर्ने काम पनि भइरहेको बताइएको छ ।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ