गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार बनेको २ साता पुग्यो । विना विभागीय मन्त्रीका रुपमा मुख्यमन्त्रीसँगै ४ जनाले २९ जेठमा सपथ लिएका थिए । दुई सातासम्म पदको भागवण्डाको किचलोमा सत्तासीन गठबन्धन अल्झँदा सरकारको आलोचना सुरु भइसकेको अवस्थामा अब आइतबार जिम्मेवारी सम्हाल्दैछन् । शुक्रबार नै मन्त्रीलाई दिने जिम्मेवारीको टुंगो लागिसकेको हो । आइतबारदेखि उनीहरुले विभागीय कार्यभार सम्हाल्नेछन् ।
हाललाई बजेटमाथिको छलफल नसकिँदासम्मका लागि लक्षित गरी मन्त्रालय भागवण्डा गरी जिम्मेवारी बाँडिएको छ । विश्वासको मत लिनुअघि ४ असारमा अर्थमन्त्रालय पाउने गरी सहमति गरेको जसपा काँग्रेसले अराजनीतिक चरित्र देखाउँदै सहमति तोडेपछि अर्थमन्त्रालयबाट पछि हटेको छ । भौतिक मन्त्रालयमा माओवादीको दाबी छ । किचलो उत्पन्न भएका यी दुई मन्त्रालय अर्थ र भौतिकलाई बजेटमाथिको छलफलसम्म होल्ड गर्दै मुख्यमन्त्री पोखरेलले आफैसँग राख्नेछन् ।
कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री छन् । अर्थमन्त्रीका आकांक्षी सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालय सम्हाल्नेछन् । मधुमाया अधिकारीले सामाजिक विकासमन्त्रालयबाट टुक्राइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्नेछिन् ।
यस्तै, समाजवादीका हरिशरण आचार्यले भौतिक पूर्वाधारबाट फुटाइएको ऊर्जा, जलस्रोत, सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी लिनेछन् । स्वतन्त्र सांसद दीपक मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालयनै दिनेछन् । यसमा मनाङेको चित्त बुझेको छैन ।
मन्त्रालय भागवन्डामा रस्साकस्सी चलेपछि मुख्यमन्त्री तथा काँग्रेस सांसदको टोली नै शीर्ष नेता भेट्न काठमाण्डौ पुगेको थियो । गठबन्धनका सबै शीर्षस्थ नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतका नेतालाई मुख्यमन्त्रीले भेटेका थिए । ५ दलीय गठबन्धनका नेता भेटेर पोखरा फर्केपछि मन्त्रालय भागभन्डा गरिएको हो । स्वतन्त्र सांसद मनाङे पनि काठमाण्डौ पुगेर शीर्ष नेताहरुलाई भेटेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’