कास्कीको मादी गाउँपालिकामा बाढीपहिराको बीचमा एम्बुलेन्स पर्दा मुस्किकले चालकको ज्यान जोगिएको छ । बिरामी बृद्धाको एम्बुलेन्समै मृत्यु भएको थियो ।
मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको ग१झ ४४८ नम्बरको एम्बुलेन्स पूर्वान्ह ११ बजेतिर बाढी पहिरोमा फसेको हो । कोरोनाको लक्षण देखिएकी ८६ वर्षीया बृद्धा गोमा अधिकारीको पहिल्यै एम्बुलेन्समा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा एम्बुलेन्स चालक ३४ वर्षीय सुवास अधिकारी घाइते भएका छन् । बुदे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको हो । चालक भाग्दा भाग्दै बाढीमा परे । उनी ५ मिटरजति परसम्म बाढीमा परे । मुस्किलले उनले ज्यान जोगाउन सके ।
मादी गाउँपालिका ९ मुग्रीबेसीकी मृतक बृद्धा मुटुरोगी हुन् । उनलाई ५ दिन अघिदेखि ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएको थियो । घरमा बुहारी र नाति नातिनीलाई कोरोना पोजिटिभ देखिएपछि बृद्धालाई पनि लक्षण देखिएको थियो । उनलाई पनि कोरोनाकै आशंका गरिएको थियो । परिवारकै ३ जना र छिमेकी १ जनामा पनि कोरोना पुष्टि भएको थियो । उनलाई थप उपचारका लागि पोखरा ल्याउन लागिएको थियो ।
बृद्धालाई यसअघि नै पोखरामा उपचारका लागि ल्याउने योजना रहेपनि परिवार नै संक्रमित र लगातारको झरीका कारण समस्या भएको परिवारजनले बताएका छन् । बेलुका च्यापेपछि बिहीबार बिहानै पसगाउँ स्वास्थ्य चौकी, क्वालासोथरको एम्बुलेन्स बोलाएर बृद्धालाई पोखरातर्फ लगिएकोमा उनको बाटोमै मृत्यु भएको थियो ।
त्यसपछि उनलाई घर नै फर्काउने क्रममा बिहान साढे ८ बजे रुदीखोला माथिबाट आएको बाढी पहिरोमा एम्बुलेन्स प¥यो । चालक सुवास अधिकारीले भागेर ज्यान जोगाए । खोलामा बाटो बिग्रेकाले बाटो मर्मत गर्दै बढ्ने क्रममा माथिबाट बाढी र पहिरो आएर एम्बुलेन्सको आधा भाग पुरिएको हो ।
चालकको अवस्था अहिले सामान्य रहेको कास्की प्रहरीले जनाएको छ । उनको दायाँ पाखुरा, घाँटीमा चोट छ ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’