कास्कीको मादी गाउँपालिकामा बाढीपहिराको बीचमा एम्बुलेन्स पर्दा मुस्किकले चालकको ज्यान जोगिएको छ । बिरामी बृद्धाको एम्बुलेन्समै मृत्यु भएको थियो ।
मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको ग१झ ४४८ नम्बरको एम्बुलेन्स पूर्वान्ह ११ बजेतिर बाढी पहिरोमा फसेको हो । कोरोनाको लक्षण देखिएकी ८६ वर्षीया बृद्धा गोमा अधिकारीको पहिल्यै एम्बुलेन्समा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा एम्बुलेन्स चालक ३४ वर्षीय सुवास अधिकारी घाइते भएका छन् । बुदे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको हो । चालक भाग्दा भाग्दै बाढीमा परे । उनी ५ मिटरजति परसम्म बाढीमा परे । मुस्किलले उनले ज्यान जोगाउन सके ।
मादी गाउँपालिका ९ मुग्रीबेसीकी मृतक बृद्धा मुटुरोगी हुन् । उनलाई ५ दिन अघिदेखि ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएको थियो । घरमा बुहारी र नाति नातिनीलाई कोरोना पोजिटिभ देखिएपछि बृद्धालाई पनि लक्षण देखिएको थियो । उनलाई पनि कोरोनाकै आशंका गरिएको थियो । परिवारकै ३ जना र छिमेकी १ जनामा पनि कोरोना पुष्टि भएको थियो । उनलाई थप उपचारका लागि पोखरा ल्याउन लागिएको थियो ।
बृद्धालाई यसअघि नै पोखरामा उपचारका लागि ल्याउने योजना रहेपनि परिवार नै संक्रमित र लगातारको झरीका कारण समस्या भएको परिवारजनले बताएका छन् । बेलुका च्यापेपछि बिहीबार बिहानै पसगाउँ स्वास्थ्य चौकी, क्वालासोथरको एम्बुलेन्स बोलाएर बृद्धालाई पोखरातर्फ लगिएकोमा उनको बाटोमै मृत्यु भएको थियो ।
त्यसपछि उनलाई घर नै फर्काउने क्रममा बिहान साढे ८ बजे रुदीखोला माथिबाट आएको बाढी पहिरोमा एम्बुलेन्स प¥यो । चालक सुवास अधिकारीले भागेर ज्यान जोगाए । खोलामा बाटो बिग्रेकाले बाटो मर्मत गर्दै बढ्ने क्रममा माथिबाट बाढी र पहिरो आएर एम्बुलेन्सको आधा भाग पुरिएको हो ।
चालकको अवस्था अहिले सामान्य रहेको कास्की प्रहरीले जनाएको छ । उनको दायाँ पाखुरा, घाँटीमा चोट छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु