कास्की । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताएकी छन्। पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का टोलीसँगको भेटघाट कार्यक्रममा उनले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकासका लागि महिला पर्यटन व्यवसायीको सहभागिता पनि अपरिहार्य रहेको जनाइन्। उनले गण्डकी प्रदेश पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले यहाँको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षलाई उचित व्यवस्थापन गर्दै जनसहभागितामूलक र दिगो विकासकाका लागि नयाँ सोचको आवश्यकता औँल्याइन्।
“महिला बिहानदेखि बेलुकासम्म श्रममा खटिन्छन्, तर श्रमको मूल्याङ्कन हुनसकेको छैन, श्रमको मूल्याङ्कन नभएसम्म महिलाको सम्मान पनि हुँदैन”, उनले भनिन्। उनले पछिल्लो समय हरेक क्षेत्रमा महिला सशक्त भएर अघि बढे पनि कार्यकारी र नेतृत्व तहमा महिलाको सहभागिता अझै न्यून रहेको बताइन्। कार्यक्रममा संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव, मौद्रिक नीतिको कार्यान्वयनमा देखिएको जटिलता र खोप सुनिश्चितता नभएसम्म व्यवसाय सञ्चालन गर्न सहज नभएको विषयमा जानकारी गराएकी थिइन्।
संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुलीले संस्था स्थापनाको उद्देश्य र संस्थागत रुपमा गरेका कार्यबारे प्रदेश प्रमुखलाई जानकारी गराएकी थिइन्। संस्थाका सल्लाहकार देवका पहारी, दुर्गा ढकाल, नर्मला कँडेल, उपाध्यक्ष उमा भण्डारी, सदस्य शर्मिला न्यौपाने लगायतले पर्यटन क्षेत्रमा महिला सहभागिताको अवस्था, व्यवसाय सञ्चालनमा कठिनाइ, बैंक तथा वित्तीय संस्थाबाट महिलाले कर्जा लिन भोग्नु परेका झन्झट लगायतका विषयमा जानकारी गराएकी थिइन्।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो