नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले जुलाई १ मा पठाएको नयाँ मूल्यसूची अनुसार १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा हुने देखिन्छ । तसर्थ, स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा नयाँ मूल्य कायम गरेका छौं,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले भने, ‘नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएर १४ सय २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ वृद्धि गरेर १ सय २९ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम गरेका छौं ।’
यस्तै, निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरे ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७ सय ५४ कायम गरेको जनाएको छ । मूल्य समायोजनपश्चात् निगमको पाक्षिक घाटा ९१ करोड ३५ लाख हुने निगमको दाबी छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने