गण्डकन्यूज । पाेखरा महानगरपालिका वडा नं. २२ स्थित ओखलेडाँडा भुम्दिकाेट माविका प्रधानाध्यापक बाल याैन दुराचार आराेपमा पक्राउ परेका छन् ।
विद्यालयका प्रधानाध्यापक विश्वराज बास्ताेला आफ्नै छात्रामाथि याैन दुराचार गरेकाे आराेपमा बुधबार पक्राउ परेका हुन् । ३३ वर्षीय बास्ताेला पक्राउ परेकाे प्रहरीले पुष्टि गरेकाे छ ।
बालिकाका परिवारले बास्ताेलाले याैन दुराचार गरेकाे थाहा पाएर कुटपिटमै उत्रिएपछि घटना सार्वजनिक भएकाे हाे । मंगलबार बास्ताेलालाई बालिकाका अभिभावकले अस्पताल नै भर्ना हुने गरी कुटेका थिए । कुटपिटपछि बास्ताेलालाई गण्डकी मेडिकल कलेज ल्याएर उपचार गरिएकाे थियाे । कुटपिटपछि छाेरेपाटन प्रहरीकाे टाेली घटनास्थल पुगेकाे थियाे ।
बालिकाका अभिभावकले बुधबार प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरी नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ । प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जाहेरी परेपछि अभियुक्तलाई पक्राउ गरिएकाे र ७ दिनकाे म्याद थप गरी अनुसन्धान भइरहेकाे प्रतिक्रिया दिए । ‘बालिकाका परिवारकाे उजुरीपछि पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढेकाे छ । अहिलेलाई कुराे यत्ति हाे । बालबालिका संलग्न मुद्धाबारे थप बाेल्न मिल्दैन ।’- उनले भने ।
श्राेतका अनुसार लामाे समय अघिदेखि बास्ताेलाले छात्रामाथि याैनजन्य क्रियाकलाप गर्दै आएका थिए । उनले कक्षाकाेठामै अन्य विद्यार्थी नभएकाे माैका पारेर बालिकामाथि याैन दुर्व्यवहार गर्ने, फेसबुक म्यासेन्जरमा अश्लिल म्यासेज गर्ने, पाेखरा घुम्न जाने प्रस्ताव गर्ने जस्ता हर्कत गरेका थिए । मानसिक तनावमा गुज्रिएकी छात्राका परिवारले यसबारे थाहा भएपछि बास्ताेलामाथि कुटपिटमै उत्रेका थिए ।
सम्बन्धित खबर
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला