नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी नेता प्रकाश बास्तोला पक्राउ परेका छन् । बमले उडाइदिने धम्की दिँदै रकम असुली गरेको अभियोगमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका बास्तोला शनिबार साँझ पक्राउ परेका हुन् ।
कास्कीको रुपा गाउपालिका ३ टाकाम्जा घर भएका २६ वर्षीय बास्तोलालाई पोखरा रंगशाला गेट अगाडिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
हमालका अनुसार विभिन्न व्यक्ति र व्यवसायीलाई धम्क्याउँदै ठूलै रकम माग गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । ४–५ जनाले प्रमाणसहित उजुरी दिएकाले पक्राउ गरेको हमालले बताए ।
आइतबार म्याद थपेर अनुसन्धान गरिने उनले बताए । एक्लै चन्दा असुलीको काम गरेका छन् कि ? गिरोह नै लागेको छ? भन्नेबारे अनुसन्धान केन्द्रित हुने डिएसपी हमालले बताए । ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य उनी सहिद पुत्र पनि हुन् ।
क्रान्तिकारी समर्थित विद्यार्थीहरुको सामाजिक सञ्जालमा विरोध
‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी समर्थित विद्यार्थीहरुले बास्तोला पक्राउ परेपछि सरकारसँग पार्टीले गरेको तीन बुँदे सहमति उल्लंघन गरेको भन्दै पोष्टहरु शेयर गरिरहेका छन् ।
प्रहरीले धम्क्याएर रकम असुलीको अभियोगमा अनुसन्धान गरेको बताइरहँदा उनीहरुले प्रतिबन्धित पार्टीमा आस्थावान् भएकै कारण प्रहरीले दुःख दिएको आरोप लगाएका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ