नेकपा एमाले संसदीय दल गण्डकीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले उठेपछि बुधबारको बैठक पनि अवरुद्ध भएको छ ।
छलफलका लागि टेबुल भएको २०७८/२०७९ को प्रश्तावित बजेट पक्षपातपूर्ण भएकोले सच्याउन एमालेले सुझाएको छ । श्वेतपत्रपत्रले शासन प्रणालीमा विश्वास भत्किएकोले यसलाई सच्याउन आग्रह गरेको छ ।
एमाले सांसदहरुले आज मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । एमालेले ध्यानाकर्षण पत्र बुझाउँदै व्यक्तिको फेरबदलले सरकारले लिएका आधारभूत नीति परिवर्तन नहुने र विगतको सरकारको नीतिमा फेरबदल गरेर ल्याइएका लक्ष्य पूरा नहुने जनाएको छ ।
कांग्रेस नेतृत्व सरकारले सार्वजनिक गरेको श्वेतपत्रलाई एमालेले सफेद झुठ भनेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले निर्वाचनपछि शून्य अवस्थाबाट काम गरेकाले न्यूनतम वस्तुनिष्ठता नदेखाइएको एमालेको धारणा छ । ‘सत्ताका लागि जे पनि ठिक भन्ने निष्कर्षमा सत्तारुढ दलको मनोविज्ञान प्रकट भएको छ । यसमा सरकारले आफूलाई सच्याउनु पर्छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
सरकारले वार्षिक विकास कार्यक्रममा प्रथम पञ्चवर्षीय योजनाm अल्पकालीन लक्ष्य, दीगो विकासको लक्ष्यलाई अनुशरण नगरेको एमालेको आरोप छ । स्रोत सुनिश्चित भइ ठेक्कामा गएका बहुवर्षीय योजना काटिएको भन्दै एमालेले ध्यानाकर्षण गराएको हो । ‘वार्षिक विकास कार्यक्रममा स्रोत सुनिश्चित भइ अघि बढेका योजना किन हटाइयो ? सरकारले जवाफ दिनुपर्छ,’ प्रमुख सचेतक मायानाथ अधिकारीले भने । यस्तै सालबासी आयोजान पनि अलपत्र पारेर बजेट व्यवस्थापन नगरिएको एमालेले जनाएको छ ।
सरकारले सत्तारुढ सांसदको क्षेत्रका सडकलाई मात्र बजेट विनियोजन गरेको एमालेको आरोप छ । ‘निर्माणाधीन सडकलाई अनुुसुचिमा राखेर सत्तापक्षीय माननीयका निर्वाचन क्षेत्रमा मात्र बजेट विनियोजन भएको छ,’ पत्रमा उल्लेख छ ।
उज्यालो गण्डकी प्रदेश कार्यक्रम, स्थानीय पालिका जोड्ने सडक, निर्वाचन क्षेत्रीय सडकको दोस्रो खण्ड, एक पालिका एक खेल मैदान, एक घर एक धारा जस्ता योजनामा बजेट नपर्नु र निरन्तरता नदिनुले प्रदेशको लक्ष्य पूरा नहुने एमालेको राय छ । एमालेले दुर्गम क्षेत्रमा बजेट थप्न आग्रह पनि गरेको छ । ‘अघिल्लो सरकारले अति दुर्गम क्षेत्र भनी बजेट छुट्ट्याउने गरेपनि अहिलेको सरकारले दुर्गम र पिछडिएको क्षेत्रमा बजेट कट्टा गरेको छ जुन थप गरियोस्,’ पत्रमा छ ।
योजनागत रुपमा बजेट विनियोजन गरी वार्षिक विकास कार्यक्रम सच्याउन एमालेको माग छ । नीति कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका योजनामै बजेट व्यवस्था नभएकाले ती योजनामा बजेट व्यवस्था गर्न पनि माग गरिएको दलका प्रमुख सचेतक अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’