काठमाडौँ । नेकपा एमालेका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्य दलका सदस्यहरुले दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेका हुन् ।
आज (शनिबार) बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलमा जुटेको दश बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
एमाले एकताबद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र संविधानलाई सबल बनाउन सकिने उनको भनाइ छ । पार्टीलाई एकताबद्ध बनाउन सबैको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताए ।
पार्टीभित्र देखिएका विवाद समाधान गर्न गठित कार्यदलले गएको असार २७ गते दश बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो ।
यस्तै, हिजो बसेको एमाले स्थायी कमिटी र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्य दलले तयार पारेको दश बुँदे सहमति अनुुमोदन गरेको थियो ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल सहभागी थिए भने वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु